बैशाख १८, २०८१, मंगलबार
               

असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीका बस सञ्चालन हुने

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले लामो सयमदेखि बन्द रहेको आन्तरिक हवाई उडानलाई असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो  । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तरजिल्ला यातायात पनि खोल्ने निर्णय गरेको छ ।

'स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ,' एक मन्त्रीले भने, 'यसबारेमा थप प्रष्ट्याउने काम हुन्छ होला । अहिलेलाई खुलाउने भन्ने भएको छ ।'

सरकारले लामो दूरीको यातायात नखोले असोज १ गतेबाट आफैँ सञ्चालन गर्ने यातायात व्यावशायीहरूले बताउदै आएका आएका थिए ।

यो पनि