बैशाख १६, २०८१, आइतबार
               

लायन्स क्लबद्वारा समस्यामा परेका ७० परिवारलाई राहत

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

भक्तपुर । लायन्स क्बल अन्तर्राष्ट्रिय ए टु ले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसहरूका लागि भक्तपुरको बालकोटमा राहत वितरण गरेको छ । करिब ७० परिवारलाई सोमबार विहान राहत वितरण गरिएको हो । राहतमा १२ केजी चामल, एक केजी दाल, एक केजी नुन, आधा केजी चिनी, आधा लिटर खानेतेल, आधा केजी न्यूट्रेला र २ वटा हात धुने सामुन वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै डिस्ट्रिक गभर्नर डा. सुशिला मल्लले खान नपाएर कोही मर्न नपरोस्, कसैको चुलो बलेन भने हामी लायन्स उनीहरूको चुलो बाल्न तयार रहेको बताइन् । साथै डा. मल्लले समाजमा अप्ठेरो अवस्थामा रहेका कोही भए लायन्सको सम्पर्कमा आउन आग्रह पनि गरिन् । उनले भनिन्,‘धेरै नसके पनि केही छाक टार्नका लागि लायन्स तयार छ ।’

कार्यक्रममा चिफ एरिया को–अर्डिनेटर गोपाल पौड्यालले लायन्सले विभिन्न स्थानमा यस्तो कार्यक्रम गर्दै आइरहेको उल्लेख गर्दै अप्ठेरोमा परेकाको सहयोगका लागि लायन्स सधैं तयार रहेको बताए । उनले भने,-‘यो ठूलो सहयोग होइन् तर यो विपदमा यहाँहरूलाई केही न केही राहत होला भन्ने आशा गरेका छौं । कोही विपदमा भए अझै पनि सहयोग गर्न हामी तयार छौं ।’

स्थानीय पूर्वेली टोल समितिका सचिव यज्ञराज घिमिरेले लायन्सको कार्यको प्रसंशा गर्दै आफ्नो टोलमा आएर विपन्न वर्गलाई सहयोग गरेकामा क्लबप्रति आभार प्रकट गरे । उनले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्न टोल समिति तयार रहेको बताए ।

कार्यक्रममा सम्पूर्ण उपस्थितहरूलाई धन्यवाद दिदै ‘क्लस्टर चिफ’ फडिन्द्र पौडेलले हार्दिक आभार व्यक्त गरे । कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक सेक्रेटरी उत्तम झा, ट्रेजर डा. कमल कायस्थ, लायन चन्द्र ढकाललगायत लायन्स लिडरहरूको उपस्थिति थियो ।

लायन्स क्बल अन्तर्राष्ट्रिय ए टु ले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसहरूका लागि कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रम अन्तर्गत  ‘फुड बैंक’ को स्थापना गरि करिब पाँच हजार परिवारलाई राहत उपलब्ध गराइने छ । ६ वटा क्लस्टर अन्तर्गत अलग अलग स्थानमा यो कार्यक्रम भइरहेको छ । यहि कार्यक्रम अन्तर्गत सोमबार बालकोटमा पनि राहत वितरणको कार्यक्रम सम्पन्न भएको हो ।


कस्तो लाग्यो ?

यो पनि