जेठ ०६, २०८१, आइतबार
               

ओखलढुङ्गाकी कोरोना संक्रमितबाट शिशुको जन्म

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

ओखलढुङ्गा । कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । कोरोना संक्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बसेकी एक महिलाले बच्चा जन्माएकी हुन् । 

कोरोेना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पताका निर्देशक युवराज आचार्यले बताए । आमालाई आइतबार संक्रमण पुष्टि भए पनि जन्मिएको शिशु स्वस्थ रहेको उनको भनाइ छ । शल्यक्रिया गर्न नपर्दा थप जोखिम नभएको उनको भनाइ छ । अस्पतालले संक्रमित सुत्केरीको नाम भने सार्वजनिक गरेको छैन । 

अस्पतालले कोरोनाको संक्रमण बढ्दै गएपछि संक्रमित गर्भवतीलाई प्रसूति सेवा दिन आइसोलेसन डेलिभरी रुम सञ्चालनमा ल्याएको छ । संक्रमित महिलाको डेलिभरीका लागि आइसोलेसन डेलिभरी रुम र शल्यक्रिया थिएटर सञ्चालनमा ल्याइएकाले संक्रमितलाई सेवा दिन सजिलो भएको अस्पतालले जनाएको छ ।
 

यो पनि