बैशाख १८, २०८१, मंगलबार
               

मध्यपहाडी लोकमार्ग पोखरा–बागलुङ खण्ड अवरुद्ध

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

पोखरा । शनिबार राति परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्डका विभिन्न स्थानमा गएको पहिरले सडक अवरुद्ध  बनाएको छ । 

कुश्मा नगरपालिका–८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका–४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका–१ अन्तर्गत पर्ने सहस्रधारा सडक खण्ड अवरुद्ध भएको हो । 

आइतबार पहिरोले अवरुद्ध सडक साँझ मात्रै एकतर्फी रुपमा सञ्चालन भएको थियो । सोमबार सहस्रधारामा सडकमाथिबाट भेलसहितको पहिरो खसेपिछि सडकको ५० मिटरभन्दा बढी भाग पुरेको छ । यातायात अवरुद्ध भएपछि सोमबार बिहानैदेखि सवारी र यात्रु सडकमा नै अलपत्र परेका छन् ।

पहिरो खसिरहेका कारण सर्वसाधारण हिँडेरसमेत वारपार गर्न पाएका छैनन् । सडक सञ्चालनका लागि निर्माणाधीन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका उपकरण प्रयोग गर्ने तयारी गरे पनि पहिरो खसिरहेकाले तत्काल काम सुरु गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले बताए । 

चुवा, दोविल्लालगायतका स्थानमा भने सडक खुलाउने काम भइरहेको उनले जानकारी दिए । कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएका कारण सडकमा सवारीको चाप नभए पनि खाद्यान्न ढुवानीसँगै बिरामी र एम्बुलेन्सलाई समस्या भएको छ ।

यो पनि