बैशाख २४, २०८१, सोमबार
               

दोलखाको तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बिमा गर्ने

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गर्ने भएको छ । 

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै  गइरहेका बेला गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गरिदिन लागेको हो । तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार गाउँपालिकाबासीको कोरोना बिमा गर्ने निर्णय भएको छ । 

व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीका आधारमा कोरोना बिमा गर्ने जनाएको छ । चालू आर्थिक वर्षमा पहिलो चरणमा कुल जनसङ्ख्याको ४८ प्रतिशत नागरिकको कोरोना बिमा गर्ने योजना छ ।

कुल २५ हजार जनसङ्ख्या रहेको सो गाउँपालिकाले पहिलो चरणमा १२ हजारको कोरोना बीमा गर्ने योजना ल्याएको सो गाउँपालिकाले जनाएको छ । 

सहकारीको संस्थागत सहयोग तथा साझेदारी कार्यक्रमअन्तर्गत रहेको नौ लाख खर्च गरेर उनीहरुको कोरोना बीमा गरिदिने निर्णय भएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनले भने, सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भए पनि सबै नागरिकको बीमा गरिदिने छौँ ।’
सहकारीको सदस्य भएमा सहकारीले १००, व्यक्तिले  १०० र गाउँपालिकाले १०० तिर्ने गरी बीमा गरिदिने व्यवस्था गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए । सहकारीको सदस्य नभएमा बीमा गर्ने व्यक्तिले २०० तिर्नुपर्ने र त्यसमा गाउँपालिकाले १०० थप गरी बीमा गरिदिने मिश्रले जानकारी दिए ।

तामाकोशी गाउँपालिकामा हालसम्म एक जनामा पनि कोरोना सङ्क्रमण नदेखिएको भए पनि बीमा कार्यक्रमबाट नागरिकले भरपुर लाभ लिनसक्ने गाउँपालिकाको अपेक्षा रहेको सो गाउँपालिकाका वडा १ का अध्यक्ष महेश काफ्लेले बताए । 


कस्तो लाग्यो ?

यो पनि