बैशाख २५, २०८१, मंगलबार
               

पर्वतमा पहिरोले घर पुरिएर तीन वर्षीया बालिकाको मृत्यु

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । पर्वतमा पहिरोले घर पुरिएर तीन वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको फलेवास नगरपालिका–४ मा पहिरोले घर पुरिएर बालिकाको मृत्यु भएको हो ।

आइतबार रातभर भएको अविरल वर्षाको कारण आएको पहिरोले सिर्सुवाका नवीन विकको घर पुरिएर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले मृतक बालिकाको शव निकालिएको प्रहरीको भनाइ छ । यसबारे उद्धार भइरहेको र के कति क्षति भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि