बैशाख २४, २०८१, सोमबार
               

सिन्धुपाल्चोक पहिरो : मृतक ११ जनाको सनाखत, २० जना अझै वेपत्ता

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिए । नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षका धनलाल विक छन् ।

मृतकमा ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षका कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरस्वती विक छन् ।

पहिरोमा बेपत्ता भएका ३१ मध्ये २० जना बेपत्ताको उद्धारकार्य जारी छ । क्षतिको विवरण सङ्कलन भइरहेको पनि न्यौपानले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि