जेठ ०६, २०८१, आइतबार
               

नेपालमा थपिए १०३९ कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० थियो । नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३८ हजार ६९७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ५२४ थियो । मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३६ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि