जेठ ०९, २०८१, बुधबार
               

जोखिम बस्तीका नागरिकलाई स्थानान्तरण गर्न देउवाको सुझाव

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूगर्भविद्हरुले औँल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रविसेमा पहिरोले गरेको क्षतिप्रति दुःख व्यक्त गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो सुझाव दिएका हुन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘प्राकृतिक विपद्को यस घडीमा बेपत्ताहरुको तिव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न म सरकारसँग आग्रह गर्दछु ।’

उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि पार्टीका नेता कार्यकर्ताहरुलाई पनि खटिन देउवाले निर्देशन दिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का तीन स्थान नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि