जेठ ०६, २०८१, आइतबार
               

रुपन्देहीमा प्रहरी जवान अमित श्रेष्ठको मृत्यु, सन्तोषी थारु घाइते

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । 

दुर्घटनामा कपिलवस्तु नगरपालिका-४ तौलिहवा बस्ने ३३ वर्षीय प्रहरी जवान अमित श्रेष्ठको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्व जाँदै गरेको लु २ ख ८९९ नम्बरको टिपरले पश्चिम आउँदै गरेको ध १ प ९७९५ नम्बरको स्कुटीमा सवार प्रहरी जवानलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका अमितको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । 

दुर्घटनामा अर्की एक प्रहरी जवान घाईते भएकी छन् । घाइते हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका-४ बस्ने २३ वर्षीय प्रहरी जवान सन्तोषी थारु रहेकी छिन् ।

अमित इलाका प्रहरी कार्यालय बुर्तिवाङ बाग्लुङ दरबन्दी रही हाल जिल्ला प्रहरी कार्यालय (जिप्रका) बाग्लुङमा कार्यरत थिए ।  

घाइते सन्तोषी इलाका प्रहरी कार्यालय बलेवा बाग्लुङ दरबन्दी रही हाल जिप्रका बाग्लुङमा कार्यरत रहेको प्रहरीले जनाएको छ । सन्तोषीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

ठक्कर दिने टिपर नियन्त्रणमा लिइएको र फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि