जेठ ०६, २०८१, आइतबार
               

आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्

नेपाल फ्ल्यास
भदौ २८, २०७७

फाइल फोटो
ADVERTISEMENT

स्याङ्जा । कोरोना संक्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले काजक्रिया समेत गर्न पाएनन् । 

पुतलीबजार नगरपालिका-१४ स्थायी घर भई पुतलीबजार-१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन् । 

लामो समयदेखि दमको बिरामी रहेका बाबुलाई उपचारका लागि यही भदौ २१ गते पोखरा लगेका छोराले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर  रेखदेखमा खटिएका थिए । 

बाबुको उपचार चलिरहेकै समयमा भदौ २२ गते छोराको कोरोना परीक्षण गर्दा रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि बाहिरी रेखदेखका लागि आफन्तका भरमा अस्पतालमै छाडेर चिकित्सकको सल्लाहमा उनी जिल्ला फर्किएका थिए ।

बाबुको मृत्यु भएपछि स्थानीय कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा रहेका छोरा थप पीडामा परेका छन् । साथै उनी काजक्रिया गर्नबाट समेत वञ्चित भएका छन् । 

मृृतकको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको र परिवारका सदस्यको स्वाब सङ्कलनको तयारी गरिएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए । 

मृतकका दुई छोरामध्ये एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएकाले आइसोलेसनमा रहेको तथा अर्का छोरा रोजगारीका लागि भारत गएको र उहीँ क्वारेन्टाइनमा रहेकाले आफन्तले बाबुको क्रिया गर्नुपर्ने अवस्था रहेको नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले बताइन् । 


कस्तो लाग्यो ?

यो पनि