जेठ ०६, २०८१, आइतबार
               

सिन्धुपाल्चोक पहिरो अपडेटः बेपत्ता संख्या २२ जना

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । शनिबार राति सिन्धुपाल्चोकमा भीषण बाढी र पहिरो जाँदा बेपत्ता हुनेको संख्या २२ जना पुगेको छ भने २ जनाको शव फेला परेको छ । जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको मृत्यु र १६ जना बेपत्ता भएको जानकारी दिए । उक्त बाढीमा ६० वर्षीया भक्तिमया श्रेष्ठको शव भेटिएको काफ्लेको भनाइ छ ।

साथै, भीरखर्कमा २ घर पहिरोले पुरिएको ठाउँमा २२ वर्षीया जुनु विकको पनि शव भेटिएको बताइएको छ । त्यस क्षेत्रमा उद्धार कार्य भइरहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि