जेठ ०६, २०८१, आइतबार
               

कछुवासहित ५ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

प्रहरीले काठमाडौमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक  नमोबुद्ध नगरपालिका ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहटका १८ वर्षीय रुपेश तिमिल्सिना रहेका छन् ।

विशेष सूचनाको आधारमा  काठमाडौँ महानगरापलिका १४ स्थित कलङ्कीबाट उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीहरूलाई प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । 

गएराति चितवनबाट बिक्री वितरण गर्न कछुवा काठमाडौं ल्याउँदै छ भन्ने सूचना प्रहरीमा आएको थियो । सोही सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । उनका अनुसार कछुवा ३५ लाखमा विक्री वितरण गर्न मोततोल भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनीहरूको साथमा फेला परेको पहेँलो रङको कछुवाको तौल ७०० ग्रामको र लम्बाई १२ ईन्चको छ । उनीहरूमाथि महानगरीय प्रहरी वृत्त कालिमाटीले अनुसन्धान थालेको छ । 


कस्तो लाग्यो ?

यो पनि