जेठ ०५, २०८१, शनिबार
               

अब हुने आमनिर्वाचन निष्पक्ष हुनेमा शंका छ : गगन थापा

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद गगन थापाले अब हुने आमनिर्वाचन निष्पक्ष हुनेमा शंका व्यक्त गरेका छन् ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको बागमती प्रदेशको भर्चुवल बैठकमा बोल्ने क्रममा उनले यस्तो शंका व्यक्त गरेका हुन् । 

‘यो सरकारले २०७९ मा गर्ने  आमनिर्वाचन निष्पक्ष गराउँछ भन्नेमा विश्वास छैन,’ उनले भने, ‘यो कम्बोडियामा हुनसेनले गराएको निर्वाचनजस्तो हुनसक्छ । पहिले वामदेवले गराएको चुनाव सम्झिनुस्, त्यस्तै हुनसक्छ ।'

सो कार्यक्रमा कांग्रेसले प्रतिपक्षीको भूमिका राम्रोसँग निर्वाह गर्नुपर्ने पनि बताए । 'तर हाम्रो पार्टीले र नेतृत्वले प्रतिपक्षीको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्न सकेको छैन,' उनले भने, ‘आफ्नो पार्टीको नेतृत्वले विभिन्न नियुक्ति र लेनदेनमा सरकारसँगै लसपस गरेको छ ।’

‘अब संवैधानिक निकायमा नियुक्तिको कुरा छ । त्यसमा पनि प्रतिपक्षी दलका नेताले चोचोमोचो मिलाएको सुनिन्छ ।’ प्रतिपक्षीको काम सरकारसँग चोचोमोचो मिलाउने काम नभएको बताउँदै जसरी सरकार चलाउनेलाई जनता र संविधानले जिम्मेवारी दिएको बताए । 

उनले प्रतिपक्षीलाई सरकारका काममा चोचोमोचो मिलाउन जनताले म्यनडेट नदिएको बताउँदै कांग्रेस सरकारको सहयोगीको भूमिकाझै देखिएको बताए । 

'सरकारका असफलता देखिएका छन् । कोरोनाविरुद्ध लड्ने कुरामा सरकारको असफलतादेखि भ्रष्टचारका काण्डहरुले जनता सरकारसँग निराश छन् तर हामीसँग पनि खुशी छैनन् । हामीले जनताका आवाज उठाउनेगरी काम गर्न सकेका छैनौँ,' उनले भने ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारको विरोधमा जारी गरेका दुई विज्ञप्तिले तरंग ल्याएको उल्लेख गर्दै भने, 'संसदमा नरहनुभएका पार्टीका एकजना नेताले रेल र अख्तियारबारे जारी गर्नु भएका विज्ञप्तिले पार्टी पंक्तिदेखि मिडियासम्ममा तरंग ल्यायो ।

यसरी नै संसदमा प्रतिपक्षी दलको नेता र सिंगो पार्टी पंङ्तिले यस्ता विषयमा बोल्न सकेको भए कस्तो तर‌ंग आउँथ्यो होला ?'


कस्तो लाग्यो ?

यो पनि