जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौंमा घरबेटीको कुटाइबाट डेरावालको मृत्यु

नेपाल फ्ल्यास
भदौ २६, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिको हत्या भएको छ ।

कीर्तिपुर नगरपालिका–७ का प्रेमलाल महर्जनको कुटाइबाट ४० वर्षीय शम्भु चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, प्रेमलाल महर्जन घरबेटी हुन् भने शम्भु चौधरी उनको घरमा डेरामा बस्दै आएका व्यक्ति हुन् ।

महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारका अनुसार, शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

प्रहरीले घरबेटी महर्जनलाई पक्राउ गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि