बैशाख २३, २०८१, आइतबार
               

आजको मौसमः बिहानैदेखि देशभर वर्षा, सतर्क रहन सुझाव

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि केही प्रदेश र जिल्लाहरुमा वर्षा भइरहेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्यतयादेखि पुर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ ।

साथै, राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि