बैशाख २४, २०८१, सोमबार
               

अभिभावक कुटपिट गर्ने प्रिन्सिपलमाथि अंगभंगसम्बन्धी मुद्दा दर्ता

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

बुटवल । निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा अभिभावकमाथि कुटपिट गरी अंगभंग बनाउने प्रिन्सिपलमाथि कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । 

जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार फी नतिरेको निहुँमा अभिभावकमाथि कुटपिट गर्ने  प्रिन्सिपल दीपक कुँवरविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको हो । 

प्रहरी कार्यालयका अनुसार ती प्रिन्सिपलको फोन अफ छ । 

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि कुटपिट गर्दा खुट्टा भाँचिएको छ । उनको खुट्टाको साप्रा पनि फ्याक्चर भएको छ ।

उनलाई घटना भएकै दिन उपचारका बुटवल लगिएको थियो ।  तर, घटना घटाउने प्रिन्सिपल भने फरार भएका छन् । घटना भएकै दिन पीडित परिवारले प्रहरीमा उजुरी दिए पनि उनी पक्रउ पर्न सकेका छैनन् ।

घरको आर्थिक अवस्था कमजोर रहेका आचार्यको खुट्टाको अप्रेशन र औषधिमा भएको खर्च तिर्न नसक्दा अभिभावक अस्पतालबाट डिस्चार्ज हुन सकिरहेका छैनन् । 

यो पनि