बैशाख २३, २०८१, आइतबार
               

आजको मौसमः यस्तो छ बिहानैदेखि देशभर प्रभाव

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहानैदेखि देशभर पर्ने मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि केही प्रदेश र जिल्लाहरुमा हल्का बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, दिउँसो पनि देशभर सामान्यतया बदली रही  केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साथै, राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि