जेठ ०६, २०८१, आइतबार
               

उपत्यकाका मेयरलाई किन प्रहरीमाथि अविश्वास ?
सेना भन्छ ‘हामी इमर्जेन्सी मात्रै परिचालन हुन्छौँ ’

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

कोरोनाभाइरस संक्रमित वृद्धि हुन थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाए पनि संक्रमित दिन प्रतिदिन थपिँदै छन् । उपत्यकाका दैनिक औसतमा ३ सय हाराहारी संक्रमित देखिँदै आएका छन् । ३ सातायता जारी निषेधाज्ञा बुधवार मध्यरात देखि सकिँदै छ ।  निषेधाज्ञा सकिएपछि चहलपहल थप बढ्नेछ । जस कारण संक्रमित झन् थपिने जोखिम बढेको छ ।

संक्राण दर थपिनुमा उपत्यका भित्रिन र बाहिरिन कडाइ नभएको मुख्य कारण हुनसक्ने स्थानीय तहका प्रमुखहरूको टिप्पणी छ । उपत्यका मेयर फोरमको मङ्गलवार बसेको बैठकले पनि २१ दिनसम्म गरिएको निषेधाज्ञा प्रभावकारी नभएको निष्कर्ष निकाल्दै उपत्यका भित्रिने नाकाहरूमा सेना परिचालन गर्न माग गरेको छ । उपत्यकामा भित्रिने नाकामा नेपाल प्रहरीको स्थानमा नेपाली सेना राख्नुपर्ने पनि उनीहरूको राय छ । आगामी दसैँसम्म निषेधाज्ञा गर्नुपर्ने उनीहरूको मत छ । 

अहिले उपत्यकाका भित्रिने विभिन्न नाकामा चेक जाँचका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । तर प्रहरीले माथिल्लो तहका पदाधिकारीको दबाब र आर्थिक चलखेल गरेर उपत्यका बाहिरबाट आएका मान्छेलाई प्रवेश दिएको मेयर फोरमको आरोप छ । मेयर फोरमले भने अब भने नाकामा सेना राखेर कडाइ गर्ने र उपत्यकामा निषेधाज्ञा खुकुलो गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूलाई सुझाव दिएको छ । यद्यपि प्रमुख जिल्ला अधिकारीहरूले भने निषेधाज्ञालाई खुकुलो बनाएका छन् ।

तर यो निर्णयप्रति मेयर फोरमको असन्तुष्टि छ । मेयरहरू भन्छन् ‘निषेधाज्ञा खुकुलो गरेको भनेर नाकाबाट हुरहुर्ती आउन दिने हो भने यो २१ दिनको अवधिमा जति प्रगति भएको थियो त्यो पनि अप्ठेरोमा पर्छ । त्यसैले नाकामा सेना नै परिचालन गर्नुपर्छ ।’ 
उपत्यकामा भित्रिने नाकामा अनुगमन गर्न जाँदा नाकामा गाडीको लाइन आएर बस्ने तर मान्छे झरेर चोर बाटोबाट भित्रिने धेरै प्रवृत्ति प्रहरीले रोक्न नसकेको र त्यसकै कारण उपत्यकामा संक्रमण दर बढेको उनीहरूको दवी छ ।  

सरकारले कोरोना नियन्त्रणको लागि भन्दै चैत्र ११ गतेबाट देशव्यापी गरेको लकडाउनदेखि अहिलेसम्म नेपाल  प्रहरी नै सुरक्षाको अग्रपंतिमा छन् । कोरोना संक्रमण नियन्त्रणकै क्रममा खटिँदा प्रहरीमा ३ हजार बढीलाई कोरोना संक्रमण भएको छ  । तर पनि मेयरको रोजाईमा किन सेना पर्याे त ?  के नेपाल प्रहरीको सुरक्षा व्यवस्था कमजोर भएकै हो त ?

मेयरहरूको प्रस्तावमाथि नेपाल प्रहरीले भने असन्तुष्टि जनाएको छ । आर्थिक चलखेल भयो भन्ने अमूर्त आरोप भन्दा पनि पुष्टि गर्न चुनौती दिएको छ । यदि कुनै अधिकारीले त्यसो गरेको कुनै प्रमाण दिए कारबाही गर्ने बताएको छ ।

प्रहरी प्रवक्ता समेत रहेका एसएसपी कुवेर कडायत भन्छन् ‘मान्छे हिँड्न रोक्नका लागि कर्फ्यू लगाउनुपर्छ । निषेधाज्ञा भनेपछि अत्यावश्यकलाई चहलपहल गर्न दिनै पर्याे, हामीलाई जुन जिम्मेवारी दिइएको छ त्यो गरेका हौँ ।’

मेयरहरूले समेत राजधानी छिर्ने नाकामा सेना परिचालन हुनुपर्ने बताइरहेका बेला नेपाली सेनाले भने सरकारले खटाएमा आफूहरू तयार रहेको बताएको छ । सेना इमर्जेन्सीमा मात्रै परिचालन गर्ने र राष्ट्रलाई साँच्चै इमर्जेन्सी हो भन्ने लाग्छ भने आफू खटिने प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए ।

तर उनले सङ्कटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने स्पष्ट पारे ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा बुधवार जंगीअड्डामा प्रधानसेनापति थापाले विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग भने ‘यदि राष्ट्रलाई साँच्चै इमर्जेन्सी हो भन्ने लाग्छ भने त्यो अवस्थामा नेपाली सेना प्रयोग हुन सक्छ । अरू अवस्थामा नेपाली सेना सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो ।’

नेपाली सेनाले नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको बताउँदै उनले सरकारको आदेश पालना गर्नु सेनाको दायित्व रहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि