जेठ ०५, २०८१, शनिबार
               

काठमाडौंमा साताको तीन दिन पसल खोल्न पाइने (निर्णयसहित)

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साताका लागि खुकुलो बनाइदै साताकाे ३ दिन पसल खाेल्न पाइने भएकाे छ । 

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी यस्ता निर्णय गरेका छन् ।

निर्णयअनुसार सागसब्जी, दुध, माछामासुसँग सम्बन्धित पसल बिहान ११ बजेसम्म तथा बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइने भएको छ ।

निर्माण व्यवसायसँग सम्बन्धित पसल तथा व्यवसायहरू दिउँसो २ देखि ७ बजेसम्म खोल्न पाइने छ ।

यसअतिरिक्त कपडा पसल तथा सपिङ मलहरू भने सातामा तीन दिन सोमबार, बुधबार र शनिबार मात्र खुला गर्न पाइने सूचनामा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि