जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंमा निषेधाज्ञा खुकुलो : सवारीलाई जोरबिजोर र व्यवसायलाई शर्तसहित सञ्चालन गर्न दिइने

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी भएको निषेधाज्ञा खुकुलो बनाइएको छ । पछिल्लो समय थप भएको निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिँदैछ । तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरु मंगलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्शपछि बुधवार निषेधाज्ञालाई खुकुलो बनाउने निर्णयमा पुगेका हुन् ।

‘निर्णय भइसकेको छ। केही समयमा के केमा निषेध र फूकुवा हो सार्वजनिक गर्छौँ,’ जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भने ।

भदौ ३ गतेदेखि  तीन सातासम्म निषेध गरिएको निजी तथा सार्वजनिक सवारी साधनलाई सञ्चालनमा ल्याउने भएको छ । जोरबिजोर प्रणालीअनुसार सवारीसाधन सञ्चालनमा ल्याउन लागिएको हो । १६ सिटभन्दा कम क्षमता भएका सार्वजनिक सवारी साधनलाई भने संचालन गर्न नदिने भएको छ ।

त्यस्तै, व्यापार व्यवसाय पनि मापदण्ड पूरा गरेर शर्त सहित सञ्चालनमा ल्याउन दिइने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि