जेठ ०८, २०८१, मंगलबार
               

निषेधाज्ञा अझै एक साता लम्ब्याउने पक्षमा स्वास्थ्य मन्त्रालय, निर्णय हुन बाँकी

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनुपर्ने बताएको छ । कोरोना संक्रमण हुने क्रममा कमि नआएका कारण निषेधाज्ञालाई कम्तीमा एक साता लम्ब्याउन पर्ने मन्त्रालयले जना जनाएको हो ।

भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदै छ । मन्त्रालयले उपत्यकामा कोरोनाको जोखिम नघटेको भन्दै जारी निषेधाज्ञा कम्तीमा एक साता निरन्तरता दिनुपर्ने जनाएको हो ।

स्वास्थ्यको मापदण्डमा २०० भन्दा बढी सक्रिय संक्रमित भएका ठाँउमा लकडाउन र ५०० बढी संक्रमित भएका ठाउँमा कर्फ्यु नै लगाउने पर्ने हुन्छ। उपत्यकामा अहिले यी दुवै मापदण्डभन्दा माथि संक्रमण पुगेको छ । त्यहीकारण अहिले नै निषेधाज्ञा खोल्न नहुने अडान मन्त्रालयले लिएको हो । अहिले बजार पूरै खोलिदिँदा अस्पताल र चिकित्सकहरुले संक्रमितको व्यवस्थापन गर्न गाह्रो पर्न मन्त्रालयले निचोड निकालेको छ ।

मन्त्रालयका एक उच्च अधिकारीले भने, 'अहिले नै निषेधाज्ञा खोलियो भने झनै संक्रमण बढ्छ । अस्पतालमा उपचार गर्ने ठाउँ हुँदैन । त्यसैले अझै एक साता कडा रुपमा निषेधाज्ञा गर्नु उचित हुन्छ ।' कतिपय विज्ञहरुले निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै विकल्प खोजेर अघि बढ्न सुझाव दिइरहेका छन् । उपत्यकाका नगरपालिका फोरमले सिमाबाट प्रवेश गर्ने नाकामा कडाई गर्न सिफारिस गरेको छ ।

फोरमले नाकामा सेना तैनाथ गरेर उपत्यकाभित्रको जनजीवन खुकुलो बनाउनुपर्ने मत राखेको छ । फोरमले यसअघि जस्तै निजी सवारी साधानलाई जोर बिजोर प्रणालीमा सञ्‍चालन गर्न सुझाव दिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि