बैशाख २३, २०८१, आइतबार
               

आजको मौसमः बिहानैदेखि भारी वर्षा, सतर्क मौसमविद्को सुझाव

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर बिहानैदेखि खराब मौसम भएकाले सम्पूर्ण देशवासीलाई सतर्क रहन सुझाव दिएको छ । महाशाखाका अनुसार बिहानैदेखि केही जिल्ला र प्रदेशमा हल्का बादल र कतै भारी वर्षा भइरहेको छ ।

यस्तै, दिउँसो पनि देशभर सामान्यतया बदली रहि केही  स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै, राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि