बैशाख २२, २०८१, शनिबार
               

पत्रकार बानियाँको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई साढे तीन लाख आर्थिक सहयोग प्रदान गरिएको छ ।

अमेरिकाको न्युयोर्कमा राधाकृष्ण देउजाको पहलमा संकलित रकम मंगलबार उनकी छोरी सुस्मीतालाई हस्तान्तरण गरिएको हो ।

‘गोफण्ड’ मार्फत एक सातामा तीन लाख ५७ हजार एक सय ६७ रुपैयाँ संकलन भएको थियो ।

बानियाँको पेशागत इमान्दारिताको सम्मानका लागि रकम संकलन अभियान सुरु गरिएको बताइएको छ । 

संकलित रकम परिवारलाई हस्तान्तरण गरेसँगै सो अभियान बन्द गरिएको देउजाले बताए ।

काभ्रेका स्थानीय देउजा लामो सयमदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

पत्रकार बानियाँकी छोरी सुस्मिताले बुबाको सहज मृत्यु नभएको भन्दै छानविन गर्नुपर्ने माग गर्दै आएकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि