जेठ ०५, २०८१, शनिबार
               

पत्रकार बलराम बानियाँ मकवानपुरमा मृत फेला

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । 

साउन २६ गते ढुंगेअड्डा तीनथानबाट बेपत्ता बानियाँको शव मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरको फिल्टरमा फेला परेको हो ।

परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा बानियाँ बेपत्ता भएकाले ‘खोजी पाउँ’ भन्दै निवेदन दिएका थिए । बल्खुमा उनको जुत्ता फेला परेको बताइएको छ ।

महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाका अनुसार, बानियाँको शव हेटौँडा अस्पताल लगिएको छ ।

घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।

तनहुँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए । केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।


कस्तो लाग्यो ?

यो पनि