असोज ०६, २०८१, आइतबार
               

बैतडीका स्वास्थ्यकर्मीमाथि हातपात

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

बैतडी । स्वाब सङ्कलन गर्न हिँडेका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । बैतडी सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि कुटपिट भएको हो ।

बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास–३, डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेका हुन् । 

भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक सञ्चालन रहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले बताए । 

‘विद्यालयमा बैठक चलिरहेको अवस्थामा ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज गरिरँदा भीडभाड नगर्नुस् भनी सम्झाउँदा म माथि हातपात भयो,’ पीडितले भने ।कुटपिटका कारण  स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट लागेको छ । 

यो पनि