बैशाख २६, २०८१, बुधबार
               

सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायी उत्रिए आन्दोलनमा

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । यातायात व्यवसायीले तत्काल सार्वजनिक यातायात सेवा खोल्न माग गरेका छन् । 

मंगलबार यातायात व्यवस्था विभागअगाडि धर्ना दिँदै व्यवसायीले यस्तो माग गरेका हुन् । लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात सेवा छोटो दूरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवासमेत खोल्न व्यवसायीको माग छ। 

सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा आन्दोलित व्यवसायीले आठ बुँदे मागपत्रसमेत बुझाएको छ । कोभिड–१९ का कारण लामो समयदेखि यातायात सेवा ठप्प हुँदा व्यवसायी गम्भीर संकटको अवस्थामा पुगेको उनीहरुको भनाइ छ ।

आवश्यकताका आधारमा सरकारले व्यवस्थापन गरेको होल्डिङ्ग सेन्टरबाट सञ्चालित सिमित निजी सवारीसधानले समेत सहज सेवा दिनुको साटो उल्टो थप जटिलता ल्याउने काम सरकारले गरेको उनीहरुको भनाइ छ ।

यो पनि