बैशाख २१, २०८१, शुक्रबार
               

भक्तपुरबाट लागुऔषधसहित दुईजना पक्राउ

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । 

नेपाल प्रहरी अपराध महाशाखाले मंगलबार सो लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।वीरगञ्जबाट  ना.३ ख ९०८९ नम्बरको ट्रकमा आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्ति, लागुऔषधको नाम र परिमाणलगायत विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।

अपराध महाशाखले अनुसन्धानमा रहेकाले तत्काल केही अहिले नखुलाइएको बताए । अपरेसन पूरापश्चात् पत्रकार सम्मेलन गरी पूरा विवरण सार्वजनिक गर्ने महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि