असोज ०६, २०८१, आइतबार
               

सिपिएल खेल हुँदा नेपाली युवाले यसरी गर्थे सट्टेबाजी, डेढ लाख बरामद

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सट्टेबाजी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । 

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिपिएल क्रिकेटमा सट्टेबाजी खेलाउने चार जनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व गैडाकोट नगरपालिका वडा नं. २ का २८ वर्षीय सविन कँडेल र ३४ वर्षीय राजेश सिग्देल, भरतपुर महानगरपालिका वडा नं. ७ का २२ वर्षीय रिनाज आचार्य र २८ वर्षीय सन्जिल लामिछाने छन् ।

उनीहरुलाई प्रहरीले अनलाईन सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको हो । 

उनीहरुले सीपीएलमा बाजी राख्न नेपालमै बसेर इन्टरनेट ब्राउजर ‘डायमन्ड एक्सचेन्ज डटकम’ लगायतका यूआरएल प्रयोग गरी विभिन्न ब्रोकरमार्फत आआफ्नो व्यक्तिगत खाता बनाई सोही खातामा रकम जम्मा गरी सट्टेबाजी गर्ने गरेका थिए ।

त्यसमा हार-जित हुने गरी अनलाइन सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले यही भदौ २० र २१ गते चितवनबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुबाट नगद १ लाख ७२ हजार ५ सय रुपैयाँ र सट्टेबाजीको लागि प्रयोग गरेका मोबाइल वरामद गरिएको थापाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि