असोज ०६, २०८१, आइतबार
               

बाघको छाला र हड्डीसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

बझाङ । बुङगल नगरपालिका-३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुङगल नगरपालिका-६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र बोहरा रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरूलाई जाँच गर्दा उक्त छाला र हड्डी फेला पारेको हो ।


कस्तो लाग्यो ?

यो पनि