असोज ०६, २०८१, आइतबार
               

एक कैदीसहित दुई जनाकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मीमा अपरिचित व्यक्तिको कुटाइबाट आज एक जनाको ज्यान गएको छ । पिटाइबाट इस्मा गाउँपालिका –२ हस्तिचौर निवासी २३ वर्षीय मोतीबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी  नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

हस्तिचौरको छिन्नाखोलामा होटल व्यवसाय सञ्चालन गर्दै आएका कुँवर बिहान घाइते अवस्थामा फेला परेकाे थियो । छिन्नाखोलामा कुँवर दाजुभाइ मिलेर होटल व्यवसाय सञ्चालन गरेका थिए । आइतबार बेलुकी दाजु यमबहादुरले भाइलाई होटलमै छाडेर घर गएको र घरबाट होटलमा आउँदा भाइलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताए । घाइते कुँवरको गुल्मी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो ।

यता जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रूपन्देही, तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय  रामप्रसाद पाण्डेको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए ।

मृतक पाण्डेलाई मुटुको समस्या थियो । शनिबार साँझ उनको शरीर एक्कासि सुन्निन थालेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले स्वास्थ्यवस्था जटिल रहेको बताएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको थियो । पाण्डेको उपचारकै क्रममा मृत्यु भएको  अस्पतालले जनाएको छ  ।


कस्तो लाग्यो ?

यो पनि