असोज ०६, २०८१, आइतबार
               

रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रशासनको निर्देशनविपरित रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा गएको बिहीबार पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार रथ तान्ने क्रममा भएको तनावले झडपको रुप लिँदा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो ।

उनीहरुको स्वाब संकलन गरी पिसिआर परीक्षण भएकोमा ११ जनाको रिपोर्ट आउँदा ६ जनामा संक्रमण पुष्टि भएको हो । अरु ९ जनाको भने रिपोर्ट आउन बाँकी छ ।

संक्रमण देखिएका र अरुलाई पनि अहिले आइसोलेसनमा राखिएको छ ।

बिहीबार रथ तान्ने क्रममा विवाद हुँदा ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए । त्यहाँ सहभागी भएका ६ जनामा संक्रमण पुष्टि भएपछि अरुमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंका छ ।

शुक्रबार कर्फ्यु लगाइएकोमा आइतबार रथ तानिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि