असोज ०६, २०८१, आइतबार
               

काठमाडौंमा सैलुन सञ्चालक मृत भेटिए

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं १०, बुद्धनगरमा एक पुरुष मृत भेटिएका छन् ।

बाराको निजगढ स्थायी घर भएका अन्दाजी ३५ वर्षीय अशोक ठाकुर आइतबार बिहान मृत भेटिएका हुन् ।

उनी सैलुन सञ्चालक हुन् । बुद्धनगरमा रहेको आफ्नै 'न्यु मनोकामना हेयर ड्रेसर सैलुन'मा उनी मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बिहान सैलुनको आधा सटर खोलिएको थियो । भित्र उनी लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । 

प्रहरी आएर सटर खोलेर हेर्दा मुखमा रगत देखिएको अवस्थामा उनको शव भेटिएको स्थानीयले बताएका छन् ।

हालसम्म कुनै शंकास्पद अवस्था नदेखिएको र पोष्टमार्टमपछि घटनाको कारणबारे थाहा हुने काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनी एक दशकअघिदेखि नै काठमाडौंमा सैलुन चलाएर बसेका थिए ।


कस्तो लाग्यो ?

यो पनि