असोज ०६, २०८१, आइतबार
               

आफ्नै काकाकी छोरी अपहरण गर्ने दाजु पक्राउ

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

विराटनगर ।  दुई लाखका लागि आफ्नै काकाकी छोरी  (नाताले बहिनी) को अपहरण गर्ने २१ वर्षीय सुजन रणपहेलीसहित उनका साथीहरु पक्राउ परेका छन् । 

मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की १४ वर्षकी बालिकासँग भएको दुई लाख प्राप्त गर्नका लागि अपहरण गर्ने दाजु पर्ने २१ वर्षका सुजन रणपहेलीसहित उनका साथीहरु काभ्रेबाट पक्राउ परेका हुन् । 

आमाले स्थानीय एक फाइनान्सबाट दुई लाख रुपैयाँ झिकी छोरीलाई राख्न दिएकी थिइन्। त्यही पैसा प्रप्तिका लागि उनीहरुले बालिका अपहरण गरेको प्रहरीले खुलाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सो कार्यमा सुजनसहित अन्य २२ वर्षीय रोमन आचार्य र सुनवर्षी नगरपालिका–६ का ३७ वर्षीय पूर्ण तामाङ संलग्न छन् ।

अपहरित बालिकालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले साँगा भञ्ज्याङबाट १७ भदौमा उद्धार गरेको थियो ।  उनीहरुले ज्यान मार्ने धम्की दिँदै बालिका अपहरण गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि