गुल्मी । ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कालीगण्डकी गाउँपालिका-४ बस्ने ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ती बालिकालाई भदौ १७ गते ललाई फकाई आफ्नै पसल पछाडि भान्सामा लागेर यौन दुर्व्यहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्तिघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।