बैशाख १५, २०८१, शनिबार
               

लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गरिएको छ । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, होप एयरलाइन्स, होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले सो राहत सामग्री हस्तान्तरण गरेका हुन् । 

उनीहरुले एक सय ७२ घरधुरीलाई वितरण गरेका हुन् । प्रतिघर चामल २५ केजी, दाल पाँच केजी, नुन दुई प्याकेट, तेल चार लिटर, चिनी दुई केजी, चियापत्ति एक प्याकेट वितरण गरिएको छ।

सिन्धुपाल्चोक जुगल–३ लिदीमा साउन ३०मा पहिरो गएको थियो । सो पहिरोमा परी ३६ जनाको ज्यान गएको थियो भने अझै तीनजना बेपत्ता छन् ।


कस्तो लाग्यो ?

यो पनि