काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरी कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन् ।
गत भदौ १२ गते चौधरी ग्रुपका अध्यक्षसमेत रहेका चौधरीलाई कोरोना संक्रमण देखिएकाे थियो ।
शनिबार राति एक ट्विट गर्दै १० दिनपछि आफू कोरोनामुक्त भएको बताए । सबैको मायाँ र प्रेरणाले उर्जा मिलेको र त्यही उर्जाकै कारण कोरोना संक्रमणमुक्त भएको उनले जनाएका छन् ।