असोज ०६, २०८१, आइतबार
               

प्रदेश-१ मा थप ४ जनाको मृत्यु, कर्णालीमा ९ संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोभिड– १९ बाट ५४ जना संक्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नं २ का दुई महिला र बुढीगंगा र धनपालका एक एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्ममा यस प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको  छ  । ती मध्ये यस प्रदेशका स्थायी ठेगाना भएका २७  र प्रदेश बाहिरका १२ रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेमा एक हजार ७६१ जनाको पिसीआर परीक्षण गरिएको छ । ती मध्ये २३ महिला र ३१ पुरुष गरी ५४ को रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पोजेटिभ देखिनेमा मोरङका ३४, सुनसरीका १३, झापाका पाँच, इलामका एक र प्रदेशबाहिरका एक  रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संक्रमितमा मोरङ विराटनागरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका दुई , लेटाङ, कटहरी र रंगेलीका एकएक पुरुष र जहदाका एक महिला, सुनसरीको इटहरीका दुई महिला र छ पुरुष, धरानका चार महिला र एक पुरुष, झापाको दमकका एक महिला र दुई पुरुष, विर्तामोडका एक र स्थानीय तह नखुलेका एक पुरुष, इलामको चुलाचुलीका एक पुरुष तथा प्रदेश बाहिरका एक महिलाको रिपोर्ट पोजेटिभ आएकोे छ ।

यता कर्णाली प्रदेशमा आज नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाद्वारा प्रेषित विज्ञप्ति अनुसार नौ संक्रमित थपिएसँगै सङक्रमितको संख्या दुई हजार ६०० नजिक पुगेको छ ।

आज ४२ जना डिस्चार्ज भएर घर फर्केसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार २८१ पुगेको  छ । 


कस्तो लाग्यो ?

यो पनि