असोज ०६, २०८१, आइतबार
               

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । छिपहरमाई गाउँपालिका-२ पर्सा बस्ने ३५ वर्षीय गोखुल महत्तो केवट र सोही ठाउँ बस्ने २० वर्षीय सुजित महत्तो केवटलाई ५ केजी अबैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ‍

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-२८ बगही बस्ने २० वर्षीय रुपेश सहनीलाई १० केजी अवैध लागूऔषध गाँजासहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट ४ ग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-२४ बस्ने २० बर्षीय शिव साह कानु र सोही महानगरपालिका-१६ बस्ने कृष्ण भन्ने २० वर्षीय छोटु पाण्डे रहेका छन् । 

कालिका नगरपालिका-७ चितवनबाट ८ केजी ९० ग्राम अवैध लागूऔषध गाँजासहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २१ वर्षीय अमृत बम्जन र सोही नगरपालिका-७ बस्ने २० वर्षीय सबिन घले रहेका छन् । 

यता मोरङकाे विराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध ४ बोतल डाइलेक्स डिसी सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-११ बस्ने ४९ वर्षीय जय गुरुङ, २५ वर्षीय छोटु पासवान, सोही महानगरपालिका-४ बस्ने ३० वर्षीय सरफराज आलम र २८ वर्षीय मिन्टु हुसेन रहेका छन् । 

साथै जनकपुर उपमहानगरपालिका-२१ धनुषाबाट नियन्त्रित लागूऔषध २ सय १० पिस नाईट्रोभेट ट्याब्लेट सहित महोत्तरी सोनमा गाउँपालिका-२ घर भएका २ जना किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-१ जोगिकुटी बस्ने २५ वर्षीय सबिन गुरुङलाई नियन्त्रित लागूऔषध १ एम्पुल नुर्फिन, १ एम्पुल डाइजेपाम, १ एम्पुल फेनारगन, २१ ट्याब्लेट स्पास्मो प्रोक्सिभन प्लस र अन्दाजी २५ ग्राम गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि