असोज ०६, २०८१, आइतबार
               

पेस्तोलसहित ३ जना पक्राउ

नेपाल फ्ल्यास
भदौ २०, २०७७

प्रतिकात्मक
ADVERTISEMENT

सिरहा । मिर्चैया नगरपालिका-५ ब्राहबिघाबाट १ थान नलकटुवा पेस्तोलसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने १९ वर्षीय अजय शर्मा, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय ज्ञानु कुमार मण्डल र ३९ वर्षीय रमेश साह रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले को.३५ प ४०१३ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार अजय शर्मा र ज्ञानु कुमारलाई उक्त पेस्तोलसहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्त हतियार सोही ठाउँस्थित रमेश साहले किराना पसलबाट दिएको बताएपश्चात साहलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि