असोज ०६, २०८१, आइतबार
               

जिपको ठक्करबाट मृत्यु

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

पाल्पा । रम्भा गाउँपालिका–५ मुडुलीचौपारीमा आज बलेरो जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय भुपालसिंह राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले बताए । 

आर्यभञ्ज्याङबाट रामपुरतर्फ जाँदै गरेको ना ३ च ८८०८ नम्बरको बलेरो जीप अनियन्त्रित भई पैदलयात्रुलाई ठक्कर दिँदा राना गम्भीर घाइते भएका थिए । घाइते रानाको प्रथामिक स्वास्थ्य केन्द्र तनहुँमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक गिरीले बताए । 


कस्तो लाग्यो ?

यो पनि