असोज ०६, २०८१, आइतबार
               

दुई वृद्धवृद्धाको शव फेला

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयमा दुई वृद्धवृद्धाको शव फेला परेको छ ।

प्रहरीका अनुसार ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमाया श्रेष्ठको शव घरमा नै फेला परेको हो ।

दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थलतर्फ गएका छन् । 

घटनास्थल सदरमुकाम दिक्तेलबाट ३० कोष टाढा भोजपुरको सीमानामा पर्छ । शवको अवस्था हेर्दा तीन/चार दिन अगाडि नै कसैले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएकाे छ । 

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि