असोज ०६, २०८१, आइतबार
               

राति ड्युटीमै बेहोस भएका प्रहरी जवानको बिहान मृत्यु

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरको बंकमा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ । शुक्रबार राति ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको शनिकार सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले शुक्रबार राति ५ नम्बर पोष्टमा ड्युटीमा खटिएका ऐर एक्कासि ढलेर बेहोस भएका र उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याइएकोमा शनिबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि