असोज ०६, २०८१, आइतबार
               

नारायणी अस्पतालमा १८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

वीरगंज । नारायणी अस्पताल वीरगंजमा शुक्रबार परीक्षण गरिएको ५ सय ८० नमुना परीक्षणमा जम्मा १८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पर्साका ६ जना र बाराका १२ जना रहेका छन् । २० देखि ६५ वर्ष उमेर समूहका १८ संक्रमितमध्ये ४ जना महिला र १४ जना पुरुष रहेका छन् ।

पर्सा, बारा र रौतहटका कुल ५ सय ८० नमुनामध्ये पर्साका करिब २० प्रतिशत नमुनामध्ये १ सय १६ नमुना पर्सामा परीक्षण भएकोमा जम्मा ६ जना पोजिटिभ आएको नारायणी अस्पताल वीरगंजका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए । १८ जनामा सिटी भ्यालु २४ भन्दा माथि १० जना र सो भन्दा कम ८ जना रहेका छन् ।

यस्तै,  पर्साको पर्सागढी नगरपालिका–४ मा २० वर्षे महिला, ४४ वर्षका पुरुष, जसौलीका ३२ वर्षका पुरुष गरी ३ जना, नबिल बैंक वीरगंजका २६, ४५ वर्षका दुई महिला र २० वर्षका एक पुरुष गरी ३ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

जितपुर सैनिक ब्यारेकका ३ जना सैनिक, जिल्ला प्रहरी कार्यालय बाराका ३ जना सुरक्षाकर्मी र सिम्रौनगढ नगरपालिकाका ६ जना गरी कुल १२ जनामा कोरोना पुष्टि भएको हो ।


कस्तो लाग्यो ?

यो पनि