असोज ०६, २०८१, आइतबार
               

दुई कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

मोरङ । मोरङको विराटनगरका दुई कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जना महिलाको शुक्रबार साँझ मृत्यु भएको हो ।

कोशी अस्पतालमा शुक्रबार साँझ ७:३० बजे मृत्यु भएकी महिलाको आज बिहान ८ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो । उनको शुक्रबार साँझ ७:३० बजे मृत्यु भएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६:३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए छ । श्वासप्रश्वासमा समस्या भएपछि न्यूरो अस्पताल विराटनगरले  उनलाई यही भदौ १८ गते धरान रेफर गरेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि