असोज ०६, २०८१, आइतबार
               

कोराना संक्रमण बढेपछि विभिन्न वडाका टोलहरू सिल

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

पोखरा । कोरोना संक्रमण बढ्दै गएपछि पोखराका विभिन्न वडाका टोलहरू सिल गरिएको छ ।

पोखराको वडा नं १०, १२ र १३ का केही टोलहरुमा कोरोना संक्रमितको संख्या केही दिनयता ह्वात्तै बढेपछि सम्बन्धित वडाका अध्यक्षहरुले टोल सिल गर्ने निर्णय गरेका हुन् ।

वडा नं १०, १२ र १३ का वडाध्यक्षहरुले एक सूचना प्रकाशित गरी टोलहरु सिल गरिएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण सुमदायस्तरमा देखिएको बताउँदै नियन्त्रण भन्दा बाहिर नजाओस भन्नका लागि टोलहरु सिल गर्ने निर्णय गरिएको वडा नम्बर १३ का अध्यक्ष लेखवहादुर तामाङले बताए ।

वडा नम्बर १०, १२ र १३ अन्तर्गत स्वर्णिम टोल, अन्नपुर्ण टोल, लालिगुरास टोल भद्रकाली हुँदै ढिकालेथर, कुँडहर चोक हुँदै मियाँपाटन सम्म सिल गरिएको छ ।

त्यस्तै लालिगुराँस मिनीमार्ग, प्रगती टोल विपी मार्ग 'क' र 'ख' हुँदै भद्रकाली 'ख' टोल विकास क्षेत्र माछापोखरी देखि संगम टोल, मियाँपाटन, अन्नपुर्ण टोल हुँदै वेसलाइन स्कुल क्षेत्र भित्रका सवै क्षेत्र सिल गरिको सूचनामा उल्लेख छ ।

ती क्षेत्र आगामी भदौ २६ गते सम्म सिल गरिने १० नम्बर वडाका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।

सिल गरिएका क्षेत्रमा खाद्यान्न र तरकारी पसलहरु विहान ११ वजेदेखि २ बजे सम्म खोल्न अनुमती दिइएको छ भने अत्यावश्यक सेवाका अन्य सेवाहरु पनि सूचारु रहनेछन् ।


कस्तो लाग्यो ?

यो पनि