असोज ०६, २०८१, आइतबार
               

एकै दिनमा तीनजना बालिकालाई बलात्कार गर्ने युवक पक्राउ

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

लमजुङ । एक दिनमै तीन जना बालिकालाई बलात्कार गरेको भन्दै लमजुङमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार क्होलासोँथार गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले समातेको हो ।

गत भदौ ५ गते स्थानीय ११ वर्षीया दुई जना र ९ वर्षीया एक बालिकालाई बलात्कार गरेको जाहेरी परेको आधारमा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । गुरुङले बालिकाहरुलाई ललाइफकाइ बलात्कार गरेको भन्दै पीडितका परिवारले कडा कारवाहीको माग गरेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि