असोज ०६, २०८१, आइतबार
               

फोटो पत्रकारकाे भेषमा प्रहरीलाई ढुंगा हान्ने युुवक पक्राउ

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार पुल्चोकमा छिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीसँगको झडपमा पत्रकारका ज्याकेठ लगाएर एक हातले फोटो खिच्ने अर्काे हातले प्रहरीलाई ढुंगा प्रहार गर्ने युवक पक्राउ परेका छन् । 

अपराध महाशाखाको टोलीले प्रेस लेखेको ज्याकेट लगाएर क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई शुक्रबार पक्राउ गरेको हो ।

उनी महालक्ष्मी नगरपालिका–१ इमाडोलका २१ वर्षका अनिश महर्जन हुन् । उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि