असोज ०६, २०८१, आइतबार
               

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

सिरहा । २ मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएकाे छ । सिरहा नगरपालिकाको वडानम्बर ११ भलुवाहीस्थित सडकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सदरमुकाम सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स४प ४६१० र चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको स४प ७९२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सिरहाको धनगढीमाई नगरपालिका १० का ५१ वर्षीय दीपककुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीयाका ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनामा सिरहा नगरपालिका-९ गुलरीयाका ३५ वर्षीय शिवकुमार महरा गम्भीर घाइते भएका छन् । उनको भुमिजा अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि