असोज ०६, २०८१, आइतबार
               

बागलुङ पहिरो : १४ जनाकाे सनाखत

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

यही भदौ १७ गते रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये सबैको शव सनाखत भएको छ । 

पहिचान भएका वडा नं ९ घर भएकी २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमकुमारी घर्ति मगर, ३२ वर्षीया सीता बुढा, वडा नं. ९ कै २६ वर्षीया केशमाया बिक, ११ वर्षीय मदन बिक, २२ वर्षीय जीवन बिक र ११ वर्षीय डल्ले बिकको शव आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । 

त्यसैगरी छ वर्षीय बिराज बिक, ६५ वर्षीया ज्योती पुन, २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीय प्रेम पुन, १३ वर्षीया पुनि बिक, ६५ वर्षीय डोटी पुन र ४६ वर्षीय करबहादुर बिकको पहिचान गरेर जिम्मा लगाइएको भण्डारीले बताए । घटनामा बेपत्ता भएका २४ जनाको खोजी कार्य जारी रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले नदी किनारमा खोजतलास गरिरहेका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । 

बाढी पहिरोले बोबाङको फल्लेघर, सुकुरदुङ, घट्टबोट, लाकुरीबोटलगायतका स्थानमा अधिकांश घर क्षतिग्रस्त देखिएका उनले बताए । वडा नं. ८ र ९ मा करिव ४० घर बगेका देखिएपछि वडाबाट आवश्यक तथ्याङ्क सङ्कलन सुरु गरिएको नगर प्रमुख देवकुमार नेपालीले बताए । 


कस्तो लाग्यो ?

यो पनि